गाविस सचिवको एकल रबैयाले रकम कार्यान्वयन भएन

गाविस सचिवको एकल रबैयाले रकम कार्यान्वयन भएन

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

डडेलधुरा ,१६ असोज ।

डडेल्धुरा जिल्लाको एक गाविस सचिवले महिला दलित आदिवासीका लागी आएको रकम कार्यान्वयनमा ल्याउन नसकेको स्थानीयले आरोप लगाएका छन ।

डडेल्धुरा जिल्लाको अजयमेरु गाविस स्थीत गाविस सचिव कृष्ण बहादुर ऐरले गत आर्थिक बर्ष २०७१ का लागी आएको १५ प्रतिशत रकम कार्यान्वयनमा नल्याएको स्थानीय नेपाली काग्रेसका गाउ कमिटी सभापति गज बहादुर ऐरले जानकारी दिनुभयो ।

गाविस सचिव ऐरले यस अघि पनि जिल्लाको चिपुर गाविस देवलदिब्यपुर गाविस लगायत थुर्पै गाविसमा मनोमानी ढंगबाट भष्टाचार गरेका समाचार बिभिन्न संचार माध्यमा प्रसारण तथा प्रकाशित हुदा समेत सचिवको पुरानै शैली हावी रहेको स्थानीयको भनाई छ ।

गाविस कार्यालयमा गत आर्थिक बर्षमा आएको रकम पार दर्शी रुपमा समेत काममा लगाउन नसकेको ,गाविसमा बिभिन्न क्रियाकलापहरु सिफारीस देखि जन्म मृत्यु दर्ता नागरिकता वनाउने सम्मका काममा समेत चरम लापरवाही गर्ने गरेको सोही गाविसका स्थानीय राम ऐरले बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी