काठमाडौँ, १६ असोज ।
भोलीदेखी ट्याक्सी ब्यबसायीले सातामा एकपटक मात्र पेट्रोल पाउने भएका छन ।
सीमा क्षेत्रका सबै नाकाबाट न्यून मात्रामा ट्याङ्कर नेपाल भित्रिए पछि यस्तो नियम लागु गर्नुपरेको नेपाल आयल निगमका प्रबक्ता दिपक बरालले बताउनु भयो ।
मौज्दात रहेको पेट्रोलियम पदार्थ व्यवस्थापन गर्न विभिन्न उपाय अपनाइएको उल्लेख गर्दै दश दिन यता भारतीय आयल निगमबाट नेपाली ट्याङ्करले तेल भर्न नपाएको बरालले बताउनुभयो ।
उहाँले भोलीदेखी ट्याक्सीलाई सातामा एक पटक जोर÷बिजोर प्रणालीका आधारमा(आइतबार र सोमबार) दश लिटर पेट्रोल उपलब्ध गराउने निर्णय भएको जानकारी दिनुभयो।
आयात सहज नहुँदा जनजीवन प्रभावित भएको तथा कुनै पनि भन्सार नाकाबाट आयात नभएको जानकारी दिँदै उहाले समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline