मुलुकको समस्याप्रति सरकार गम्भीर छैन : यादव

मुलुकको समस्याप्रति सरकार गम्भीर छैन : यादव

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाण्डौ,१६ असोज ।

तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले मुलुकको जटिल अवस्थाप्रति सरकार गम्भीर नभएको आरोप लगाउनुभएको छ ।

वीरगन्जस्थित दशगजा क्षेत्रमा पर्ने मितेरीपुलमा धर्ना कार्यक्रममा सहभागी हुनुभएका अध्यक्ष यादवले सञ्चारकर्मीसँग कुरा गर्दै ५० दिनदेखि मधेस बन्द र दश दिनदेखि नाका ठप्प भएपनि तीन दल मुलुकको समस्या सामाधान गर्नुभन्दा सरकार निर्माणको कसरतमा लाग्नु दुर्भाग्य भएको बताउनुभयो ।

उहाँले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा अनौपचारिक वार्तामा रहेको र सो वार्तालाई सार्थक निष्र्कषमा पु¥याउन राज्य पक्ष नै गम्भीर नदेखिएको बताउनुभयो । अध्यक्ष यादवले संविधान संशोधनमार्फत मधेसी, मुस्लिम, थारु, जनजाति र विभेदमा पारिएका समुदायकोे मागलाई संविधानमा समेटेर मुलुकलाई आर्थिक उन्नतिको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी