सरकार गठनसँगै विद्यमान समस्या समाधान हुँदै जान्छ : ओली

सरकार गठनसँगै विद्यमान समस्या समाधान हुँदै जान्छ : ओली

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, १६ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको गठनसँगै विद्यमान समस्या समाधान भएर जाने बताउनुभएको छ ।

युवा संघको बैठकलाई आज राजधानीमा सम्बोधन गर्दै उहाँले सकेसम्म सहमतीय नभए बहुमतीय सरकार चाँडै गठन भइ जनताले भोग्नु परेका समस्याहरु समाधान हुँदै जाने बताउनुभयो ।

संविधानसभाबाट संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गर्दा जनजीवन प्रभावित भएको भन्दै उहाँले उक्त नाकाबन्दी वार्ताका माध्यमबाट छिट्टै अन्त्य हुने उल्लेख गर्नु भयो ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले प्रतिक्रियावादीको चलखेलका कारण पहिलो संविधानसभाले संविधान जारी गर्न नसकेको र दोस्रो संविधानसभामा उनीहरुको जोर नचलेपछि मधेसी जनतालाई उचाल्ने काम भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी