अघोषित नाकाबन्दी भारतको हेपाह प्रवृत्ति : पोखरेल

अघोषित नाकाबन्दी भारतको हेपाह प्रवृत्ति : पोखरेल

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौ १६ असोज ।

नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सीमानाकाहरुमा गरेको अघोषित नाकाबन्दी भारतको हेपाह प्रवृत्ति भएको बताउनु भएको छ ।

प्रेस चौतारी कास्कीले आज बिहान पोखरामा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उहाले अहिलेको नाकाबन्दी भारतीय पक्षको हेपाह प्रवृत्तिको पुनरावृत्ति भएको बताउनु भएको हो ।

यस्तो प्रवृत्ति अहिले मात्र नभइ बेलाबेलामा नेपालले भोग्दै आउनु परेको बताउनु हुदै उहाले आगामी दिनमा छिमेकीहरुलाई चलखेल गर्न दिन नहुने धारणा राख्नु भएको छ ।

विगतमा राजनितिक दलहरुले स्पेस दिएकाले छिमेकीले खेल्ने मौका पाएको स्वीकार गदै नेता पोखरेलले अबको दिनमा यस्तो हुन नदिन सबै शक्तिको एकता आवश्यक रहेको पोखरेलको भनाई छ ।

नाकाबन्दी खुलाउने बारेमा राजनितिक तहबाट आवश्यक पहल भइरहेको पोखरेलले बताउनुभयो । एक फरक प्रसंगमा उहाले अब बन्ने राष्ट्रिय सरकारको नेतृत्व एमालेले गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी