प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य छैन : देउवा

प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य छैन : देउवा

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

काठमाडौं, असोज १६ ।

नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीका लागि कसैसँग गरीएको व्यक्तिगत सम्झौता नेपाली कांग्रेसलाई मान्य नहुने बताउनु भएको छ ।

नेपाल तरुण दलले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा पुर्ब प्रधानमन्त्री समेत रहनुभएका देउवाले प्रधानमन्त्रीका लागि कसैसँग सम्झौता नभएको भन्दै व्यक्तिगत रुपमा कसैसँग गरिएको सम्झौता मान्य नहुने स्प्रष्ट पार्नुभएको छ ।

उहाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको पनि जानकारी दिनुभएको छ । नेता देउवाले मधेसमा आन्दोनलरत दलसँग वार्ता भइरहेकाले केही दिन भित्रै सहमती हुने दाबी गर्नुभयो ।

भारतले नाकाबन्दी गरेर नेपाली जनताको जनजीवन प्रभावित भएको भन्दै उहाले कुटनीतिक रुपमा नाका खोल्ने पहल भइरहेको र दुई दिनभित्र समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी