काठमाडौ १६ असोज ।
असन्तुष्ट पक्षसँग वार्ताको जिम्मा पाएको तीन दलीय वार्ता टोलीलेले आज विजय गच्छादार नेतृत्वको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासँग छलफल गर्दैछ ।
हिजो नै वार्ता गर्ने भनिएपनि संसद बैठकका कारण आजका लागि सारिएको वार्ता टोलीका सदस्य एमाले प्रमुख सचेतक अग्नि खरेलले जानकारी दिनुभयो ।
वार्ताको समय र स्थान भने तय हुन बाँकी रहेको बताइएको छ । यसअघि तीन दलीय टोलीले हिजो थारुवान थरुहट संयुक्त संघर्ष समितिसँग वार्ता गरेको थियो ।
संघिय मधेशी मोर्चासँग भने उसको आजको प्रतिक्रिया हेरी आगामी वार्ता प्रक्रिया निर्धारण हुने खरेलले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline