३५ करोड विलम्ब शुल्क बुझाए द्योगी व्यवसायीले 

३५ करोड विलम्ब शुल्क बुझाए द्योगी व्यवसायीले 

  • शनिबार, अशोज १६, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

मोरङ, १६ असोज ।

भारतको अघोषित नाकाबन्दीका कारण उद्योगी व्यवसायीले रु ३५ करोड विलम्ब शुल्क बुझाएका छन् ।

एक हप्तादेखि भारतीय सीमा नाकाबाट मालबाहक गाडी तथा कन्टेनर नेपाल आउन नसक्दा भारतलाई विलम्ब शुल्क बुझाएका हुन् । एक सातादेखिको भारतको अघोषित नाकाबन्दीले समग्र भारतीय पक्षलाई रु ३५ करोड विलम्ब शुल्क बुझाइसकेको मोरङ व्यापार सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

उहाँका अनुसार भारत र तेस्रो देशबाट सामान मगाउँदा प्रयोग भएका मालबाहक ट्रक, लरी र रेल्बे ¥याकका सामान समयमै तोकिएको ठाउँमा पु¥याउन नपाउँदा उद्योगी व्यवसायीले अतिरिक्त विलम्ब शुल्क बुझाउनु पर्छ ।

एक हप्तादेखिको सीमा अवरोधको अवधिमा भारतको कोलकाता बन्दरगाहबाट तेस्रो देशबाट मगाइएका सामान बोकेर दैनिक ७०० गाडी, उपभोग्य तथा औद्योगिक कच्चा पदार्थ बोक्ने भारतबाट ३०० ट्रक, पेट्रोलियम बोक्ने ट्याङ्कर १२५ र १४० वटा ग्यासका बुलेट जोगबनी सीमासम्म आउँछन् ।

वरिष्ठ उपाध्यक्ष राउतले भन्नुभयो, “रेल्बे ¥याक ल्याउँदा मात्र प्रतिघन्टा रु १२ हजार र मालबाहक गाडी÷कन्टेनरको दैनिक रु चार हजार बुझाउनु परेको छ ।” उहाँका अनुसार विराटनगरका उद्योगीले तेस्रो देशबाट सामान मगाएका कन्टेनरबापत रु १५ करोड, भारतबाट मगाएका सामानको ट्रक÷लरीबापत रु १० करोड र रेल्बे ¥याकलाई रु पाँच करोड विलम्ब शुल्क बुझाएका छन् ।

रेलको ३५ डिब्बा बराबर एक ¥याक गणना हुन्छ । जसको एउटा डिब्बामा दुई हजार ७०० टन तौल बराबर सामान लोड गरिन्छ । रेल्बे ¥याकमा आएको सामान १२ घन्टाभित्र खन्याइ सक्नुपर्छ । ढिलो गरे प्रतिघन्टा विलम्ब शुल्क बढ्दै जान्छ ।

अहिलेसम्म नेपाल आएका मालबाहक सवारीसाधन भारतमा कति थन्किएका छन् भन्ने नेपाल र भारत दुवै देशका अधिकारीले यकिन जानकारी दिन पनि सकेका छैनन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी