नेपाल ईरानसग‘ १०–० ले पराजीत

नेपाल ईरानसग‘ १०–० ले पराजीत

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौं असोज १५ । 

ईरानमा शुरु भएको एएफसी अण्डर १९ छनौट चरणको पहिलो खेलमा निराशाजनक प्रदर्शन गर्दै नेपाल आयोजक टिमसग‘ १०–० ले पराजीत भएको छ । पहिलो हाफ्मा ५ गोल खाएको नेपालले दोस्रो हाफ्मा बाकी ५ गोल खाएको थियो ।
साफ् अण्डर १९ को उपाधी जीतेर मनोवल उच्च बनाएको भए पनि टिममा अभ्यास गर्न नपाएका नेपाली खेलाडीको तालमेल नमिल्दै शुरुवातको दोस्रो र तेस्रो मिनेटमा नै नेपालले गोल खाए पछि खेलाडीहरु निराश भएका थिए ।
त्यस पछि पुनः १२ औं मिनेटमा नेपालले गोल व्यहोर्न पुगेको थियो । त्यस पछि केही सम्हालिएको नेपालले खेलमा फर्कने प्रयास गरे पनि संभव भएन र पुनः ३० औं मिनेटमा गोल खान पुगेको थियो । त्यस पछि ४३ औ मिनेटमा ईरानले पुन गोल गर्दै नेपाललाई निराश पार्यो ।
दोस्रो हाफ्को ५९ औं मिनेटमा नेपालले फेरी गोल खान पुगेको थियो । नेपालले खास राम्रो मुभ बनाउन सकेन ।
त्यस पछि ७८,८२र ८९ र ९१ औ मिनेटमा ईरानले गोल गरेको थियो । यो नतिजाले प्रशिक्षक बाल गोपाल महर्जन समेत निराश भएका छन् । उमेर समुहमा संभवत यो नेपालको सबै भन्दा ठूलो पराजय हो ।
नेपालले अब कुवेत र जोर्डन विरुद्ध खेल्ने छ ।
यो चरण पार गर्ने १० बिजेता, ५ उपविजेताले आगामी वर्ष बहराईनमा हुने फाईनल चरण खेल्न पाउने छन् । तर यो हारसगै नेपालको अघिल्लो चरणको यात्रा कठिन बन्ने देखिएको छ । साफ् च्याम्पियनसिप जीते पनि लिगमा खेलेर थाकेका खेलाडीले समुहमा अभ्यास गर्न नपाउदा समस्या देखिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी