कैलालीको दोदोधारा ७ सडकपुर बौनियामा माटोको ढीस्कोले पुरिएर ६ जना बाल बालिकाको मृत्यु भएको छ भने २ जना महिला घाइते भएका छन ।
मृत्यु हुनेमा ६ वर्षिय नमिता न्यौपाने १० वर्षिय सिता प्याकुरेल ७ वर्षिय सुसान्त सुनार ६ वर्षिय दिपिका प्याकुरेल ९ वर्षिय मैना सुनार र ७ वर्षिय किरण सुनारको रहेका छन् ।
३५ वर्षिय रत्ना खतिवडा र ३० वर्षिय जमुना खतिवडा घाइते भएका छन मृतक हरुको लास स्क्याभेटर लगाएर निकालीएको छ भने घाइते दुबैजनाको अवस्था गम्भीर भएकाले थप उपचारका लागी नेपाल गञ्ज रेफर गरिएको बौनिया प्रहरीले जनाएको छ ।
घरबाट माटो लिनगएका उनीहरुको आज बेलुकी ५ वजे तिर माटोको ढीस्को खसेर मृत्यु भएको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
