पेट्रोलियम पदार्थ अभावसँगै मेलम्ची सुरुङ निर्माण ठप्प

पेट्रोलियम पदार्थ अभावसँगै मेलम्ची सुरुङ निर्माण ठप्प

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाडौँ, १५ असोज ।

पेट्रोलियम पदार्थको अभावसँगै काठमाडौँवासीको तिर्खा मेटाउन बहुप्रतीक्षित राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाका सात वटै स्थानबाट सुरुङ खन्ने काम रोकिएको छ ।

इन्धन अभावका कारण बिहीबारदेखि सातै स्थानको सुरुङ निर्माणको काम रोकिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले जानकारी दिनुभयो ।

आयोजनाको सात स्थानबाट काम सञ्चालन गर्न मासिक दुई लाख लि डिजेलको आवश्यकता पर्ने पनि बताइएको छ । सुरुङभित्र आएका ठूला ढुङ्गालगायत कडा चट्टान विस्फोट गर्न विस्फोटक पदार्थको समेत अभाव भएकाले काम रोक्न बाध्य भएको समितिले जनाएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाविसबाट ल्याइने पानीका लागि खनिनुपर्ने २७.५ किमी सुरुङमध्ये अहिलेसम्म १४ किमी मात्र सकिएको र १३.५ किमी बाँकी रहेको समितिले जनाएको छ । विसं २०७३ असोज मसान्तसम्म काम सक्नुपर्ने सम्झौता इटालेली निर्माण कम्पनी सिएमसीसँग गरिए पनि अब नसकिने निश्चित भएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी