अघोषित नाकाबन्दी छिटै अन्त्य हुन्छ : ओली

अघोषित नाकाबन्दी छिटै अन्त्य हुन्छ : ओली

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, १५ असोज ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतको अघोषित नाकाबन्दी छिट्टै अन्त्य हुने बताउनुभएको छ ।

अखिल नेपाल महिला संघद्धारा नेपाली महिलाको सांस्कृतिक पर्व ‘जितिया २०७२’ का अवसरमा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले अघोषित नाकाबन्दी वार्ताका माध्यमबाट चाँडै अन्त्य हुने बताउनुभयो ।

नेपाल भूपरिवेष्ठित राष्ट्र भएकाले समुद्रसँग जोड्नका लागि अधिकार भएको बताउँदै उहाँले नाकाबन्दी भएर पनि नयाँ संविधान पाएकामा नेपाली खुसी भएको विचार व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले दलहरुबीच भएको विशेष सहमति अनुसार जति सक्दो छिट्टै राष्ट्रिय सरकार बनाएर भूकम्पपछिको पुनःनिर्माण र संविधानमा बाँकी रहेको काम पूरा गरिने स्पष्ट पार्नुभयो ।

संविधानसभाबाट संविधान जारी भएको खुसीमा सात दिनदेखि १५ दिन खुसी मनाउन नपाए पनि सन्तान र दरसन्तानले खुसी मनाउने विश्वास व्यक्त गर्दै उहाँले सम्पूर्ण नेपाली जनताको अधिकार सुनिश्चित भएको संविधान जारी भएको जिकिर गर्नुभयो ।

संविधानमा राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता र स्थानीयस्तरमा ४० प्रतिशत महिला सहभागिता संवैधानिक रुपमा सुनिश्चित हुनु अत्यन्तै राम्रो भएको उहाँले बताउनुभयो ।

कार्यक्रममा एमाले उपाध्यक्ष एवम् सङ्घका अध्यक्ष विद्यादेवी भण्डारीले संविधानसभाबाट संविधान जारी भएको खुसीयालीमा जितिया पर्व पनि भव्य रुपमा आपसमा हर्षोल्लासका साथ मनाउन आह्वान गर्नुभयो ।

सो अवसरमा सभासद् रञ्जु ठाकुर र मञ्जु चौधरीले राम्रो संविधान जारी भएको र यसको कार्यान्वयन प्रभावकारी रुपमा हुनुपर्ने आँैल्याउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी