जग्गाधनीलाई अस्सी करोड मुआब्जा वितरण

जग्गाधनीलाई अस्सी करोड मुआब्जा वितरण

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

काठमाण्डौ,१५ असोज ।

पोखरामा निर्माण गरिन लागिएको पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थलको पहिलो, दोश्रो र तेश्रो चरणमा गरी आजसम्म २४५ जना जग्गाधनीलाई रु ८० करोड मुआब्जा वितरण गरिएको छ ।

विमानस्थल निर्माणको लागि ६२९ रोपनी जग्गा थप अधिग्रहण गरिन लागिएकोमा आजसम्म १९३ रोपनी जग्गाको मुआब्जा जग्गाधनीले बुझिसकेका छन् । पोखरा अन्तर्रा्ष्ट्रिय विमानस्थल परियोजनाका वरिष्ठ अधिकृत चन्द्रमणि सापकोटाका अनुसार पहिलो चरणमा ७१ रोपनीको ५६ जना, दोश्रो चरणमा ११४.७ रोपनीको १७५ जना र तेश्रो चरणमा ६.८३ रोपनीको १४ जनाले मुआब्जा बुझिसकेका छन ।

अघिल्ला चरणमा जग्गाधनीले मुआब्जा लिन आएमा म्याद बढाएर भएपनि दिन कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर रावतले निर्देशन दिए बमोजिम पहिलोचरणमा छुटेका १३ जनाले पनि मुआब्जा लगेको उहाँले बताउनुभयो । अधिग्रहणमा घरटहरा परेका जग्गाधनीले पनि मुआब्जा बुझेका छन् ।

विसं २०३२ सालमा अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माण गर्न भनेर ३१०६ रोपनी जग्गा अधिग्रहण गरिएकोमा नपुग ६२९ रोपनी जग्गा अधिग्रहण गरेर विमानस्थलको काम अघि बढाउन लागिएको छ । विमानस्थलको लागि चीनको एक्जीम बैंकसँग रु २१ अर्व ऋण स्वीकृतको प्रकृया अन्तिम चरणमा रहेको परियोजनाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी