हिँडौँ काठमाडौँ’

हिँडौँ काठमाडौँ’

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.3K
    SHARES

काठमाडौँ, १५ असोज ।

पर्यटकीय क्षेत्र ठमेललाई प्रदूषणमुक्त बनाई पर्यटक आकर्षण गर्ने उद्देश्यले आज काठमाण्डौमा ‘हिडौँ काठमाडाँै’ नामक चेतनामूलक कार्यक्रम आयोजना गरीएको छ ।

ठमेल पर्यटन विकास परिषद् र काठमाडौँ महानगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विभिन्न संघसंस्था, स्थानीयवासी तथा विदेशी पर्यटकको सहभागिता थियो ।

ठमेलको नरसिंह चोक (हटब्रेड चोक) बाट सुरु भएको विभिन्न सांस्कृतिक बाजागाजासहितको पदयात्रा चाक्सीबारी, सातघुम्ती हुँदै पकनाजोल चोक पुगेर कार्यक्रममा परिणत भएको थियो ।

पदयात्राका साथमा ठमेलका विभिन्न सडक चोकमा विभिन्न कक्ष राखिएको थियो । फ्ल्यास मुब, इथेनिक ¥याम्प वाक, म्युजिकल इभेन्ट, स्लो साइकल रेस, फेस, पेन्ट, गेम्स, डार्ट, रिङ, स्किपिङ, क्युब, चेस, स्पोन रेस, धिमे बाजा, पञ्चैबाजा, मयुर नाचलगायत कार्यक्रम प्रस्तुत गरिएको थियो ।

महानगरपालिका सम्पदा तथा पर्यटन महाशाखाका प्रमुख सिर्जु प्रधानले पर्यटकीय क्षेत्र ठमेललाई सफा सुरक्षित र हिँडुललमैत्री वातावरण बनाउन सबैको सहकार्य जरुरी भएको बताउँदै ठमेलको समग्र विकास गरी बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि महानगरपालिकाले विशेष ध्यान दिने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ