काठमाडौँ, १५ असोज ।
काठमाण्डौ नयाबानेश्वरबाट प्रहरीले १ थान कटुवा पेस्तोल, ४ राउण्ड गोली, १ थान खुकुरी र १ थान चक्कु सहित एक जनालाई पक्राउ गरेको छ ।
बानेश्वर आलोकनगर डेरा गरी बस्ने बैतडी देउलेख–४ घर भएका २३ बर्षीय भुपेन्द्र कार्कीलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
कार्कीले गयराति सोही ठाउँ डेरा गरी बस्ने बैतडी घर भएका शरदचन्द्र जोशीको ४ जना परिवारलाई माछु भनी हतियार लिएर गएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी बृत बानेश्वरबाट खटीएको प्रहरी टोलीले उक्त हतियार सहित उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आबश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline