चितवन, १५ असोज ।
झण्डै एक महिनादेखि कच्चा पदार्थ भित्रिन नसकेपछि चितवनका कुखुरा व्यवसायीले कुखुरा बचाउन नसक्ने अवस्थामा पुगेको बताएका छन् ।
खाने दाना नहुनु र उत्पादित सामग्रीलाई इन्धनको अभावमा बजारसम्म पु¥याउन नसकेपछि कुखुरा व्यवसाय नै सङ्कटमा परेको हो । चल्ला उत्पादनका लागि बाहिरबाट झिकाइएका माउ कुखुरा पनि बचाउन सक्ने अवस्था नरहेको उनीहरुले बताएका छन् ।
ह्याचिङ मेसिन चल्न छाडेका छन् भने यस अघि दिइँदै आएकोभन्दा आधा कम मात्र दाना कुखुरालाई खुवाउँदै आएको पनि एक हप्ता नाघेको व्यवसायीले बताएका छन् । देशभरका कुखुरा पाल्नका लागि दैनिक दुई हजार ७०० मेट्रिकटन दाना आवश्यक पर्दछ ।
पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष शङ्कर कँडेलका अनुसार ६० प्रतिशत कच्चा पदार्थ भारतबाट आयात हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline