नाका खुलाउन तत्काल पहल गर्न सरकारलाई प्रजातान्त्रिक विचार समाजको आग्रह

नाका खुलाउन तत्काल पहल गर्न सरकारलाई प्रजातान्त्रिक विचार समाजको आग्रह

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

काठमाडौँ, १५ असोज ।

प्रजातान्त्रिक विचार समाजले दैनिक आपूर्तिलाई सहज बनाउन नेपालले भारतसँगको सबै नाका खुलाउन तत्काल पहल गर्न सरकारसित आग्रह गरेको छ ।

समाजले भारतले अघोषित रुपमा आफ्नो सीमाबाट आवातजावत गर्न मालवाहक साधनलाई रोक्ने कार्य आपत्तिजनक भएको भन्दै भूपरिवेष्टित देशले पाउने पारवाहन अधिकारलाई नेपालले प्रयोग गर्न ढिलाइ नगर्न सुझावसमेत दिएको छ ।

समाजका अध्यक्ष डा केदारनरसिंह केसीले आज प्रेस विज्ञप्ति प्रकाशित गरी नेपालको दैनिक जनजीवनलाई असर पार्ने गरी अत्यावश्यक सामग्रीलाई नरोक्न भारतीय पक्षलाई आग्रहसमेत गरेको छ ।

संविधानप्रति असहमति राखी तराई मधेसमा भइराखेका आन्दोलनलाई वार्ता, सहमति र सहकार्यका माध्यमबाट हल खोज्न सरकार र आन्दोलनरत पक्षलाई समाजले विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी