काठमाण्डौ,१५ असोज ।
जाजरकोटका विद्यालयमा मदिरा सेवन र सुर्तीजन्य पदार्थ बिक्री वितरण बढेको भन्दै जिल्ला शिक्षा कार्यालयले यस्ता कार्य रोक्न चेतावनी दिएको छ ।
जिल्लाका अधिकांश विद्यालयमा नियमविपरीत सुर्तीजन्य पदार्थ, मदिरा बिक्री तथा सेवन गर्ने कार्य रोक्न गरिएको परिपत्रलाई कार्यन्वायन नगरेको भन्दै जिल्ला शिक्षा कार्यालयले चेतावनी दिएको हो । विद्यालयमा मदिरा सेवन गरेर पठनपाठन गर्ने, विद्यार्थीलाई सुर्तीजन्य पदार्थ किन्न लगाउने कार्य अत्यधिक बढेको छ ।
जिल्ला शिक्षा कार्यालयका केही स्रोत व्यक्तिसमेत मदिरा सेवन गरी विद्यालय अनुगमनमा जाने गरेका छन् । यस्ता कार्य रोक्न जिल्ला शिक्षा समितिमा निर्णय नै गराएर आफूहरु लागेको जिल्ला शिक्षा अधिकारी विष्णुनारायण श्रेष्ठले जानकारी दिनुभयो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline