अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीका सञ्चारमाध्यममा

अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीका सञ्चारमाध्यममा

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

महोत्तरी, १५ असोज ।

संयुक्त मधेसी मोर्चाले जारी राखेको अनिश्चितकालीन आमहडतालको प्रत्यक्ष असर महोत्तरीको सञ्चारमाध्यममा पनि परेको छ ।

नयाँ संविधानमा सीमाङ्कनको मुद्दा लिएर सडक आन्दोलनदेखि आमहडताल हुँदै सीमामा धर्ना गरिंदा त्यस्तै प्रत्यक्ष प्रभाव जिल्लास्थित हरेक सञ्चारमाध्यममा पर्दै आएको छ ।

करिब डेढ महिनादेखि जारी रहेको मधेसी मोर्चाको आन्दोलनका क्रममा यहाँका सञ्चारकर्मी तथा सञ्चार गृहका लागि चाहिने डिजेल, पेट्र«ोल, छपाइ कागज, इन्टरनेटको रिचार्जलगायत विभिन्न आवश्यक सामग्रीको अभावमा कठिनाइ हुँदै आएको छ ।

महोत्तरीको बर्दिबासबाट केही वर्ष यतादेखि नियमित रुपमा प्रकाशित हुँदै आएको बर्दिवास दैनिक पत्रिका आजकाल विभिन्न रङ्गका कागजमा प्रकाशन हुँदै आएको पाइएको छ । यस्तो रङ्गीविरङ्गी कागजमा छपाइ गर्नु रहर नभई बाध्यता रहेको पत्रिका प्रकाशक रमण काफ्लेले बताउनुभयो ।

मौज्दातमा रहेको सेतो रङ्गका सबै कागज सिद्धिएपछि बजारमा जुन रङ्गको कागज पायो त्यसैमा पत्रिका प्रकाशित गर्दै आएको काफ्लेको भनाइ छ । एक हप्ताभित्र पनि स्थिति साम्य नभए कागजको अभावमा पत्रिका बन्द गर्नुपर्ने बाध्यता सिर्जना हुने उहाँको भनाइ छ ।

यहाँका एफएम रेडियो चर्को विद्युत्भार कटौतीका कारण बन्द हुने स्थिति सिर्जना भएको छ । एक त विद्युत्भार कटौतीको मार त्यसमा पनि जेनेरेटर चलाउन डिजेल नपाएपछि अधिकांश रेडियो बन्द हुँदै आएको रेडियो सञ्चालकको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी