चराको अवस्था पत्ता लगाउन चराविज्ञको भेला सौराहामा

चराको अवस्था पत्ता लगाउन चराविज्ञको भेला सौराहामा

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ,१५ असोज ।

नेपालमा चराको वास्तविक अवस्था पत्ता लगाउन देशभरिका चरा विज्ञ चितवनको सौराहामा भेला भएका छन । हिमालयन नेचर, जुओलोजिकल सोसाइटी अफ लन्डन र राष्ट्रिय प्रकृति संरक्षण कोषको आयोजनामा देशभरका करिब ६० जना चरा विज्ञको सहभागितामा पाँचदिने गोष्ठी सुरु भएको हो ।

सन् २०१२ पछि यो पहिलो गोष्ठी भएको चरा विज्ञ डा हेमसागर बरालले जानकारी दिनुभयो ।नेपालमा पछिल्लो समयमा चराको अवस्था के छ, कुन चरा सङ्कटमा छन्, कुन कुन क्षेत्रमा चराको अवस्था राम्रो छ, कुन क्षेत्रमा छैन, सङ्कटमा पर्नुको कारण के हो लगायतका विषयमा छलफल हुने डा बरालले जानकारी दिनुभयो ।

बिहीबारदेखि सुरु पाँचदिने छलफलले चरा संरक्षणमा अपनाउनुपर्ने नयाँ रणनीतिसमेत तय गर्नेछ ।चराको अवस्था पत्ता लगाई यसैको निष्कर्षको आधारमा किताव तयार पार्ने बर्ड एजुकेसन सोसाइटी चितवनका निवर्तमान अध्यक्ष वासु विँडारीले जानकारी दिनुभयो ।

गोष्ठीमा सङ्कटमा पर्न खोजेको देखिएका ६६ प्रजातिका चराको विषयमा गम्भीर मन्थन हुनेछ । यसका लागि करिब तीन हजार सन्दर्भ सामग्री सङ्कलन गरिएको छ ।

हाल विश्वमा नौ हजार प्रजातिका चरा छन् । नेपालमा ८७५ र चितवनमा ६२९ प्रजातिका चरा रहेको तथ्याङ्क छ । यसअघि नेपालमा १४९ प्रजातिका चरा सङ्कटापन्न अवस्थामा रहेको विज्ञ डा बरालले जानकारी दिनुभयो । बाँकी चराको अवस्था के छ त भन्ने विषयमा जानकारी नभएकाले सोही बारेमा गम्भीर छलफल गरेर यो गोष्ठीले निचोड निकाल्ने उहाँको भनाइ छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ