तीन दलीय वार्ता समिति र आन्दोलनरत मधेशी मोर्चाबिच बार्ता प्रक्रिया जारी

तीन दलीय वार्ता समिति र आन्दोलनरत मधेशी मोर्चाबिच बार्ता प्रक्रिया जारी

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ १५ असोज ।

तीन दलीय वार्ता समिति र आन्दोलनरत मधेशी मोर्चाबिच आज पनि बार्ता प्रक्रिया जारी छ । प्रमुख तिन दल काग्रेस ,एमाले र एकिकृत नेकपा माओबादी सम्मलीत बार्ता टोलीले आज बिहान थारुवान थरुहट संयुक्त संघर्ष समितीसंग बार्ता गरेको छ ।

बार्तामा आन्दोलनकारीका माग पुरा गर्न सरकारले गरीरहेको प्रयासका बारेमा जानकारी गराएको र त्यसलाई उनीहरुले सकारात्मक रुपमा लिएको समिती सदस्य एबम एमाओबादीका उपाध्यक्ष नारायण काजीले श्रेष्ठले जानकारी दिनुभयो ।

मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको संसदीय दल कार्यालय सिहदरबारमा भएको बार्ता पुनह बस्ने गरी स्थगीत भएको छ । यस्तै तिन दलीय बार्ता समितीले बिजय गच्छद्धार नेतृत्वको संयुक्त लोकतान्त्रिक मोर्चासंग अपरान्न बार्ता गर्ने श्रेष्ठले बताउनु भयो ।

मधेशी मार्चाको माग अनुसार सरकारले सेना ब्यारेक फिर्ता गरी पक्राउ परेका कार्यकर्ता रिहा लगायतका काम अघि बढाइसकेको छ । आजको बार्तामा सिमानाकामा धर्नाका कार्यक्रम फिर्ता लिइ अपौचारीक बार्तामा बस्न तिन दलीय टोलीले आग्रह गर्ने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी