राष्ट्रिय लिगमा आज नेपाल पुलिस र एपीएफ भिड्दै

राष्ट्रिय लिगमा आज नेपाल पुलिस र एपीएफ भिड्दै

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौ १५ असोज ।  

रेडबुल राष्ट्रिय लिग फुटबल प्रतियोगितामा आज दुई विभागीय टोली नेपाल पुलिस क्लव र सशस्त्र प्रहरी एपीएफबीच प्रतिस्पर्धा हुदैछ ।

१० खेलबाट १७ अंक जोडेको एपीएफ लिग तालिकाको पाँचौ स्थानमा रहेको छ भने १२ खेल खेलेको पुलिस १२ अंक सहित तालिकाको सातौं स्थानमा छ ।

१३ खेलबाट २४ अंक जोडेको झापा ११ शीर्ष स्थानमा कायमै रहँदा एक खेल कम खेलेको थ्रीस्टार क्लव २३ अंक सहित दोस्रो स्थानमा छ । यस्तै २१ अंकको आर्मी अंक तालिकाको तेस्रो स्थानमा रहेको छ ।

चौथो स्थानको मनाङ मर्स्याग्दीले ११ खेलबाट १९ अंक जोडेको छ । यसअघि हिजो भएको खेलमा उपाधि दाबेदार टीमहरु थ्रीस्टार र त्रिभुवन आर्मी क्लवले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा २५औं मिनेटमा टेकबहादुर बुढाथोकीले गोल गर्दै आर्मीलाई अग्रता दिए ।

तर ३९औं मिनेटमा थ्रीस्टारका सागर थापाले गोल फर्काएपछि खेल १–१ को बराबरीमा सकिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी