ग्यासमा कालोबजारी गर्ने दुई पक्राउ

ग्यासमा कालोबजारी गर्ने दुई पक्राउ

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाडौ १५ असोज । 

बजारमा खाना पकाउने ग्यासको अभाव देखिएको मौकाको फाइदा उठाउदै कालोबजारी गरेको आरोपमा चितवनमा दुईजना ग्यास विक्रेता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भरतपुर– ६ का ५१ वर्षीय कृष्णप्रसाद सापकोटा र भरतपुर– १० स्थित डिपी सप्लायर्सका सञ्चालक ध्रुव पौडेल रहेको प्रहरीले जनाएको छ ।

चितवन ग्यास प्रालिका सञ्चालक कृष्णप्रसाद सापकोटाले आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी बजार मूल्यभन्दा महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उनले प्रतिसिलिन्डर रु पाँच हजारका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको चितवन प्रहरीले जनाएको छ ।

यसैगरी ध्रुव पौडेलले पनि कालोबजारीमा ग्यास बिक्री गरिरहेको अवस्थामा फेला पारी पाँच सिलिन्डर ग्यास समेत बरामद गरेको छ । उनीहरुलाई कालोबजारीअन्तर्गत म्याद थप गरेर कारबाही थालिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ