अर्को आर्थिक वर्षदेखि औषधि अभाव हुदैन : सरकार

अर्को आर्थिक वर्षदेखि औषधि अभाव हुदैन : सरकार

  • शुक्रबार, अशोज १५, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, १५ असोज ।

सरकारले अर्को आर्थिक वर्षदेखि औषधि अभाव नहुने दाबी गरेको छ । आयात र ढुवानीको झन्झटिलो प्रक्रिया तथा जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयन प्रभावकारी नहुँदा औषधिको अभाव भैरहेका बेला सरकारले यस्तो दाबी गरेको हो ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले आउँदो वर्षदेखि भने औषधिको अभाव हुन नदिन स्वास्थ्य मन्त्रालयले खरिद प्रक्रिया नै पहिलो प्राथमिकतामा राखेर सुधारको काम थालिएकोे बताउनुभयो ।

खरिद प्रक्रिया सुधार गरी, औषधि स्टोरका लागि उपयुक्त ठाउँको व्यवस्था गर्ने, स्वास्थ्यकर्मीको क्षमता वृद्धि गर्ने, औषधिको अभाव हुन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयलमा अनुगमन र निगरानीलाई बढाईने श्रेष्ठले बताउनुभयो ।

अहिलेको खरिद प्रक्रिया सक्षम र प्रभावकारी नदेखिएपछि सुधारका लागि समिति गठन गरेर काम थालिसकेको मन्त्रालयले जनाएको छ ।

औषधिमा सबैको पहुँच पु¥याउन भन्दै सरकारले ७० प्रकारका औषधि निशुल्क वितरण गर्ने भनिएपनि अनुगमन र समन्वय नहुँदा तथा सडक सञ्जालका कारण समेत केहि ठाउँमा औषधि धेरै र केही ठाउँमा अभाव हुने गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ