काठमाडौ, १५ असोज ।
पाँचथरमा आव ०७१/७२ को भदौ सम्ममा ४९१ जनाले निःशुल्क एचआइभी एड्ससम्बन्धी जाँच तथा परामर्श लिएका छन् । त्यसमा एकजनामा पनि एचआइभी एड्स पोजेटिभ नभेटिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
यस आवको भदौ महिनामा मात्रै २६ जनालाई एचआइभी एड्ससम्बन्धी निःशुल्क जाँच गरिएको कार्यक्रमका प्रमुख व्यक्ति ओमप्रकाश यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार २६ जनामध्ये दुईजनामा भने एचआइभी एड्स पोजेटिभ देखिएको छ । उनीहरुको उपचारका लागि कोसी अञ्चल अस्पताल विराटनगरमा सिफारिस गरिएको उहाँले बताउनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline