काठमाडौ १५ असोज ।
तीन दलीय वार्ता समिति र नयाँ संविधानमा असन्तुष्टी जनाउदै तराई मधेशमा आन्दोलनरत मधेशी मोर्चाबीच आज पनि छलफल हुदैछ ।
आजको छलफल औपचारिक वार्ताको वातावरण बनाउने विषयमा केन्द्रित हुने बताइएको छ । मधेशी मोर्चाको माग अनुसरा सरकारले सेनालाई फिर्ता बोलाइ पक्राउ परेका कार्यकर्ता रिहा लगायतका कार्य अघि बढाइएको छ ।
आजको छलफलमा सीमा नाकामा जारी धर्ना स्थगित गरी औपचारिक वार्तामा बस्न मोर्चालाई तीन दलीय वार्ता टोलीले आग्रह गर्ने तयारी गरेको छ ।
राजनितिक मागबारे दुई पक्षबीच अनौपचारिक छलफल भएपनि सिमांकनका विषयमा टुङ्गो लगाउन बाँकी छ । तीन दलले राजनितिक सहमतिका आधारमा सिमांकनको टुङ्गो संघिय आयोगको सिफारिसमा गर्ने गरी सहमतिको प्रयास गरेका छन् ।
अनौपचारिक वार्ता सकारात्मक भएकाले अब औपचारिक वार्ता हुने बताइएको छ । मधेशी मोर्चाका तर्फबाट वार्ताको जिम्मेवारी पाएको तमलोपा अध्यक्ष महन्थ ठाकुर काठमाडौ आइपुग्नु भएको छ ।