काठमाडौ १५ असोज । व्यवस्थापिका संसदको हिउँदे अधिवेशन आजबाट सुरु हुदैछ ।
संविधानसभा विघटनपछि रूपान्तरित संसद्को पहिलो पटक बस्न लागेको अधिवेशनले नयाँ सरकार गठनको प्रक्रिया अघि बढाउनेछ ।
अपरान्न १ बजेका लागि बोलाइएको संसद बैठक अधिवेशन अह्वान सम्बन्धी राष्ट्रपति कार्यलयको पत्र वाचनको औपचारिकतामा सिमित हुने संसद सचिवायले जनाएको छ ।
त्यसपछि अन्तरिम नियमावली र नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्ने गरी आजै अर्को बैठक बस्ने सम्भावना रहेको संसद सचिवालयका प्रवक्त सुदर्शन कुँइकेलले जानकारी दिनुभयो ।
संविधानको संक्रमणकालिन व्यवस्था अनुसार संसद अधिवेशन प्रारम्भ भएको सात दिन भित्र प्रधानमन्त्री, २० दिनभित्र सभामुख र उपसभामुख तथा ३० दिन भित्र राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नुपर्ने प्रावधान रहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline