काठमाडौं, १५ असोज ।
धादिङको महादेवबेसी बजारमा ट्रिपर पल्टिँदा ४ जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन ।
हिजो साझ पुर्वबाट सिश्चमतर्फ जादै गरेको अवस्थामा रोकिराखेको हाइसमा ठोक्किदा ट्रिपर पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी जवान पुरुषेत्तम अधिकारीले मिर्मिरेलाई जानकारी दिनुभयो
दुर्घटना परि मृत्यु हुनेमा काभ्रे घर भई महादेवबेसी प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार सुदर्शन हुमागाइ, स्याङ्जाका सुन्दर भट्टराई र चितवनका नरेश नामक एक युवक रहेका छन । एक जनाको सनाखत हुन नसकेको प्रहरी जवान अधिकारीले बताउनुभयो ।
दुर्घटनामा परि घाइते भएका चार जनाको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनिहरुको अवस्था सामान्य रहेको समेत प्रहरीको भनाई छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline