काठमाडौ १५ असोज ।
एएफसी अन्डर १९ च्याम्पियनसीप छनोटको पहिलो खेलमा नेपालले आज घरेलु टोली इरानसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समय अनुसार आज साँझ सााव ९ बजे मसाद शहरको समेन अल एम रंगाशालामा हुनेछ ।
गत महिना साफ अन्डर १९ च्याम्पियनसीपको उपाधि जितेर उच्च मनोबलमा रहेको नेपाली टोली बिमल घर्तिमगरको कप्तानीमा मैदान उत्रिदैछ । तुलनात्मक रुपमा बलियो मानिएको इरान विरुद्ध जीत हात पार्दै नेपाली टोली विजयी सुरुवात गर्ने दाउमा छ ।
समुह ई मा रहेको नेपालले अन्य खेलमा कुवेत र जोडर्नसँग प्रतिस्पर्धा गर्नेछ । नेपाली टीममा गत भदौमा घरेलु मैदानमा भएको साफ अन्डर १९ च्याम्पियनसीप जित्दा का दुई खेलाडी मात्र परिवर्तित छन् ।
छनोट चरण पार गर्ने १६ टोलीले आगामी वर्ष बहराइनमा हुने एएफसी अन्डर १९ च्याम्पियनसीपमा प्रतिस्पर्धा गर्नेछ ।
एएफसी अन्डर १९ को शीर्ष ४ मा पर्ने टोलीले सन् २०१७ मा दक्षिण कोरियामा हुने फिफा अन्डर २० विश्वकपमा एसियाको प्रतिनिधित्व गर्नेछन् ।