असोज १४, काठमाडौं ।
विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले जारी गरेको नयाँ वरीयताक्रममा नेपाल ५ स्थान तल झर्दै १ सय ९०औं स्थानमा पुगेको छ ।
दक्षिण एशियाको शीर्ष स्थानमा रहेको अफगानिस्तान १ सय ५० औंमा छ । त्यसपछि भारत १ सय ६७ औंमा छ ।
अफगानिस्तान २० र भारत १२ स्थान तल झरेका हुन् । भुटान १ सय ७३, माल्दिभ्स १ सय ७६, पाकिस्तान १ सय ७७ औं स्थानमा छन् । नेपालभन्दा माथि बंगलादेश १ सय ८२ औं स्थानमा छ । नेपालभन्दा मुनि श्रीलंका १ सय ९१ औं स्थानमा छ ।
विश्व वरियतामा भने स्पेन शीर्ष १० मा अटाएको छ । अर्जे्न्टिनमा शीर्ष स्थानमा यथावत रहँदा जर्मनी दोस्रोमा उक्लिएको छ । स्पेनले ५ स्थान सुधार गर्दै आफूलाई छैटौं स्थानमा उकालेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline