ट्रिपरको ठक्करबाट ३ जनाको मृत्यु

ट्रिपरको ठक्करबाट ३ जनाको मृत्यु

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाण्डौ,१४ असोज ।

सडकमा दुर्घटना भएको एउटा माइक्रोबसलाई अत्यधिक गतिमा गुडेको टिपरले आज साँझ महादेबबेंसीमा ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय खानीखोलाका अनुसार बैरेनीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ३ ख ४८२७ नं को टिपरले केही बेरअघि बा २ ख ४१३१ नंको माइक्रोबसलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

बिग्रेको गाडीलाई ठक्कर दिँदा महादेबबेंसीस्थत सडकमा रहेका तीन पुरुषको मृत्यु भएको थियो । मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । घाइतेमध्ये एक प्रहरी समेत छन् ।

घाइतेको उद्धार गरी काठमाडौँस्थित वीर अस्पतालमा उपचारका लागि पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी