काठमाण्डौ,१४ असोज ।
मानव साङ्लोमा सहभागी हुन गएका एक पुरुषको आज महोत्तरीको मनरा गाविसमा मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको सिस्वाकटैया गाविस–८ सहसराम गाउँ बस्ने ४५ वर्षीय उमेश कापर रहेको उनका छिमेकी राधेश्याम तिवारीले जानकारी दिनुभएको छ ।
मनरा–७ स्थित बाटोमा मानव साङ्लोमा सहभागी हुँदै उभिएका कापर अचानक भुइँमा लड्दा उनको घटनास्थलमै मृत्यु भएको उनीसँगै रहेका गाउँले विजयकुमार साहले बताउनुभयो ।
मृतक कापरको शव उनीसँगै मानव साङ्लोमा सहभागी हुन गएका गाउँलेले गाउँमा लैजाने तयारी गरिरहेका छन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline