पुनर्निर्माणका कार्यक्रम प्रभावकारी बनाउन जनतासमक्ष जानुपर्ने : पोखरेल

पुनर्निर्माणका कार्यक्रम प्रभावकारी बनाउन जनतासमक्ष जानुपर्ने : पोखरेल

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १४ असोज ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा गोविन्दराज पोखरेलले भूकम्पपछिको पुनर्निर्माणका कार्यक्रम प्रभावकारी बनाउन जनतासमक्ष जानुपर्ने बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोग, एसियाका लागि संयुक्त राष्ट्र सङ्घीय आर्थिक तथा सामाजिक आयोग र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) विपद् व्यवस्थापन केन्द्रको सयुक्त आयोजनामा आजदेखि सुरु भएको भूकम्पपछिको पुनर्निर्माण गोष्ठीमा उहाँले जनसहभागिता पुनर्निर्माणको महत्वपूर्ण पाटो भएको बताउनु भयो ।

राजनीतिक संक्रमणका कारण भूकम्पछिको पुनर्निर्माण कार्यलाई द्रुत गतिमा अगाडि बढाउन नसकिएको बताउँदै उहाँले पुनर्निर्माणका लागि मानवीय स्रोत जुटाउनु मुख्य चुनौति भएको उल्लेख गर्नुभयो ।

राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय निकायसँग समन्वय गरेर पुनर्निर्माणका कार्यक्रम केन्द्रदेखि स्थानीयस्तरसम्मको समाजिक पाटोलाई विशेष ध्यान पु¥याउनका लागि सरकारी, सामाजिक एवम् राजनीतिक क्षेत्रका सबै निकायको सहयोग अपरिहार्य भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी