प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा छ अर्ब ८८ करोड सात लाख

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौँ, १४ असोज ।

बैशाख १२ गतेको बिनासकारी भुकम्पबाट पिडीत बनेकालाई सहयोग गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हालसम्म ६ अर्ब ८८ करोड सात लाख ७६ हजार ८५८ रुपैया जम्मा भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गत वैशाख १२ मा आएको भूकम्प र त्यसपछिका परकम्पले धनजनको ठूलो क्षति गरेपछि आजसम्म एक हजार २३८ विदेशी दातृ निकाय, दूतावास, स्वदेशी तथा विदेशी संघसंस्था, कर्मचारी, शिक्षकलगायतबाट सहयोगस्वरुप उद्धार कोषमा सो रकम जम्मा भएको हो ।

कोषमा एक करोडभन्दा बढी सहयोग गर्ने १०३ दाताबाट रु पाँच अर्ब ७६ करोड २६ लाख १७ हजार ४३९ प्राप्त भएको छ । यस्तै, ४२३ विदेशी दातृ निकायबाट रु तीन अर्ब ९५ करोड ४६ लाख १७ हजार १९६ प्राप्त भएको तथ्याङ्क छ ।

उक्त रकममध्ये गृह मन्त्रालयले विभिन्न समयमा रु १५ अर्ब ४० करोड १६ लाख निकासा लिएकामा अन्य मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयलाई रु ११ अर्ब ९८ करोड ७३ लाख ४६ हजार ०८६ उपलब्ध गराएको पाइएको छ ।

भूकम्पबाट पीडित, मृतकका परिवार, भत्केका घरको क्षति, औषधि खर्च, अस्थायी आवास, त्रिपाललगायतका शीर्षकमा रु आठ अर्ब १३ कारोड ११ लाख ७१ हजार ७१६ खर्च भइसकेको देखिएको छ

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी