काठमाडौँ, १४ असोज ।
परराष्ट्रविद्हरुले नेपालमा संविधान जारी भएको आन्तरिक विषयलाई जोडेर छिमेकी भारतले सीमा क्षेत्रमा अघोषित नाकाबन्दी गर्नु अनुचित भएको बताएका छन।
प्रेस चौतारी नेपालले आज राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री तथा विज्ञ डा भेषबहादुर थापाले केही कमजोरीका बीच नयाँ संविधान नेपालको अखण्डता, हित र सबै नागरिकको समान अधिकार र सम्मान तर अन्तर्राष्ट्रय सन्तुलनयुक्त भएको जनाउँदै अन्य समस्याको समाधानका लागि संवाद र सहमतिमा जानुबाहेक अर्काे विकल्प नभएको बताउनुभयो।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा कूटनीतिक विषयका जानकार डा राजन भट्टराईले भारतले आफ्नो ठूलो देशको शक्ति र सामथ्र्यलाई छिमेकसँगको सम्बन्ध सुधारमा उपयोग गर्दा नै उसको अन्तराष्ट्रिय छवि वृद्धि गर्न सहयोग गर्ने बताउनुभयो ।
चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले नेपाल र भारतबीचको सीमामा उत्पन्न गतिरोध चाँडै फुकाउन सरकार र दलहरु सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।