एमालेका नेता कार्यकर्ताकोटोली लाग्यो तातोपानी तिर

एमालेका नेता कार्यकर्ताकोटोली लाग्यो तातोपानी तिर

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौँ, १४ असोज ।

भूकम्पपछिको पहिरोले अबरुद्ध बनेको कोदारी राजमार्गको तातोपानीखण्ड खुलाउने काममा श्रमदान गर्न नेकपा एमाले र एमाओवादीका नेता तथा कार्यकर्ताहरु बिहिवार त्यस तर्फ पस्थान गरेका छन् ।

एमाओवादीका नेता अग्नी सापकोटा नेतृत्वको नेता ,कार्यकर्ताको टोली कोदालो सहितका औजार बोकेर आज कोदारी प्रस्तान गरेको छ ।

यस्तै, श्रमदान गर्न एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको केन्द्रीय टोलीपनी  त्यसतर्फ गएको छ ।

नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्व सञ्चारमन्त्री शङ्कर पोखरेलले प्रदर्शनीमार्गबाट अनेरास्ववियुका उपाध्यक्ष दीपक गौतमलाई श्रमदानमा प्रयोग हुने औजार (सामग्री) हस्तान्तरण गरी टोलीलाई बिदाइ गर्नु भयो ।

नेता पोखरेलले तराई क्षेत्रमा आन्दोलन र भारतीय सीमामा अघोषित नाकाबन्दी भएका बेला उत्तरतर्फको नाका खुलाउन सहयोगी बन्नुले सङ्कटका बेला युवाहरू राष्ट्र निर्माण र स्वाभिमानको अभियानमा सामेल हुन्छन् भन्ने सन्देश दिएको बताउनुभयो ।

उहाँले आन्दोलन नभएका भैरहवा, काँकडभिट्टाजस्ता भारतीय सीमाबाट पनि पेट्रोलियम पदार्थलगायतका सामग्रीका सवारी साधन आउन नसक्नुले भारतीय पक्षको नियतमा प्रश्न उठेकाले यस्तो व्यवहार सच्चाएर भूपरिवेष्टित मुलुक नेपालको पारवहन अधिकार प्राप्तिमा अवरोधक नबन्न आग्रह गर्नुभयो ।

पोखरेलले भन्नुभयो – “यदि भूकम्पपछिको अवस्थामा भारतले नेपाललाई साँच्चै सहयोग गरेको हो भने अहिलेको व्यवहारले भूकम्पको घाउमा नुन छर्किएसरह भएको छ, यो व्यवहारले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अन्तर्रा्ष्ट्रिय सम्बन्ध र छविमा समेत प्रतिकूल असर पर्ने र भारतीय अर्थतन्त्रमा पनि प्रभाव पर्ने कुरालाई हेक्का राख्न म आग्रह गर्दछु ।”

संविधान जारी भएपछि सञ्चालन गरिएको राष्ट्रिय जागरण अभियानअन्तर्गत करिब एक सयजनाको सो टोली त्यसतर्फ लागेको सङ्गठनका महासचिव नविना लामाले जानकारी दिनुभयो । टोलीले तीन दिन पूर्ण श्रमदान (स्वयम्सेवा) गर्नेछ ।

भूकम्पलगत्तै नेपाल सरकारको आग्रहमा चिनियाँ सशस्त्र बलले केही समय लगाएर एकतर्फी सवारी साधन चल्न सक्ने गरी खुलाएको सो राजमार्ग खुलेको केही दिनपछि लिपिङ र तातोपानी बजार क्षेत्रमा सुक्खा पहिरोका कारण पुनः अवरुद्ध भएको थियो ।
बाटो खुलाउन सडक डिभिजन कार्यालय चरीकोट, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल पनि क्रियाशील छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी