असोज १४ तातोपानी ।
जनवादी गणतन्त्र चीनको जनमुक्ति सेनाका अधिकारीहरुले आफूहरुसग‘ जनशक्ति, प्रविधि सबै पर्याप्त रहेकाले नेपालले आग्रह गरे तातोपानी आसपासको अप्ठ्यारो सडक तुरुन्तै निमार्ण गरेर सहयोग गर्न तयार रहेको बताएको छ ।
जनमुक्ति सेनाका फुल कर्णेल फ्लुको टोली र नेपालको तर्फबाट पूर्व मन्त्री तथा सिन्धुपालचोकका सभासद् अग्नी सापकोटा नेतृत्वको टोलीबीच आज मितेरी पुल पारी लिपिङमा भएको वार्तामा चीनीया सेनाले त्यस्तो प्रतिवद्धता जनाएको हो ।
नेपाली बाटो प्रयोग भईरहेको डोजर , स्काभेटरको क्षमता कम रहेको र त्यो भन्दा ठूलो क्षमताको प्रविधि सहित आफुहरुले निमार्ण गर्न तयार रहेको चीनीया सैन्य अधिकारीहरुको भनाई रहेको एमाओवादी नेता तथा सभासद सापकोटाले मिर्मिरेलाई जानकारी दिनु भयो ।
सापकोटाले काठमाण्डौं आए पछि सरकारसग‘ छलफल गरेर छिटो काम सक्न सहयोग लिने विषयमा अघि बढ्ने बताउनु भयो ।
सापकोटाले ठुल ठुला चट्टान रहेकाले काममा ढिलो भए पनि एक हप्तामा बाटो तयार हुने अवस्थामा रहेको जानकारी दिनु भयो ।
भेटमा नेपालका तर्फबाट अग्नी सापकोटा, पूर्व सभासद् केशब नेपाल सहित माओवादी प्रतिनिधिहरु रहेका थिए ।
चीनीया तर्फबाट कर्णेल फ्रलु सहित ५ जना रहेका थिए ।
नेपालले बाटो खोल्न सहयोगका लागि औपचारीक रुपमा चीन समक्ष कुनै प्रस्ताव राखेको छैन ।