कूटनीतिक पहलबाट सीमाअवरोध चाँडो समाधान हुनेछ : प्रधानमन्त्री

कूटनीतिक पहलबाट सीमाअवरोध चाँडो समाधान हुनेछ : प्रधानमन्त्री

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाडौँ, १४ असोज । प्रधानमन्त्री सुशील कोइरालाले नेपाल र भारतको सीमा क्षेत्रमा देखिएको अवरोध कूटनीतिक पहलबाट चाँडो खुलाउन प्रयास भइरहेको बताउनु भएको छ ।

दुई देशको सीमा क्षेत्रमा जारी अघोषित नाकाबन्दीका कारण नेपालमा पेट्रोलियम पदार्थको आपूर्तिमा उत्पन्न समस्याको समाधान र तराई मधेसको आन्दोलन वार्ताबाट निकास खोज्न आग्रह गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा ज्ञापनपत्र बुझाउन गएका विभिन्न नौ विद्यार्थी सङ्गठनका प्रतिनिधिसँग प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रियताका पक्षमा खुट्टा नकमाईकन आफूले काम गर्ने दृढता व्यक्त गर्नुभयो ।

प्रमण्डलमा सहभागी नेपाल विद्यार्थी सङ्घका प्रवक्ता युपी लामिछानेका अनुसार प्रधानमन्त्रीले वर्तमान सन्दर्भमा युवा र विद्यार्थीलाई संयम हुन भन्दैै भारतको झन्डा जलाउने वा विशिष्ट व्यक्तिको पुत्ला दहनजस्ता कार्य गरेर स्थितिलाई असहज बनाउनतिर नलाग्न पनि आग्रह गर्नुभयो ।

ध्यानाकर्षणपत्रमा भारतले देखाएको हस्तक्षेपपूर्ण व्यवहारको आलोचना गर्दै स्थितिलाई सहज बनाउन आग्रह गरिएको थियो । सो क्रममा नेवि सङ्घका अध्यक्ष रञ्जित कर्ण, अनेरास्ववियुका अध्यक्ष किशोरविक्रम मल्ललगायत नौ विद्यार्थी सङ्गठनका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी