काठमाडौं, १४ असोज ।
बोरुसिया मोनचेङग्लोबालाई २–१ ले हराउदै च्याम्पियन्स लिग फुटबल अन्तर्गत समुह चरणको दोस्रो खेलमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ ।
खेलमा सुरुवाती अग्रता मोनचेङग्लोबाले लिएको भएपनि जीतका लागि त्यो प्रर्याप्त हुन सकेन । खेलको ५४ औं मिनेटमा लार्स स्टिन्डलले गोल गर्दै मोनचेङग्लोबालाई सुरुवाती अग्रता दिलाउदा ६५ औं मिनेटमा सिटीका निकोलस ओटमेन्डीले भलिगोल गर्दै खेल बराबरीमा ल्याए ।
९० औं मिनेटमा पाएको पेनल्टीको अवसरलाई सदुपायोग गर्दै सर्जियो अग्युरोले गोल गरेपछि सिटी २–१ ले विजयी भयो । जितपछि दुई खेलबाट तीन अंक जोडेको सिटी समुह डीको तेस्रो स्थानमा छ ।
दुई खेलबाट अंकको खाता नै खोल्न नसकेको मोनचेङग्लोबा भने समुहको पुछारमा छ । समुह डी अन्तर्गत नै भएको अर्को खेलमा युभेन्टस विजयी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

