निजी सवारीले आजदेखि पेट्रोलियम पदार्थ नपाउने

निजी सवारीले आजदेखि पेट्रोलियम पदार्थ नपाउने

  • बिहिबार, अशोज १४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

काठमाडौँ, १४ असोज ।

सरकारले आजबाट काठमाण्डौ उपत्यकामा निजी सवारी साधनलाई ईन्धन वितरण नगर्ने भएको छ ।

पेट्रोलियम पदार्थको चरम अभाव भएपछि गृह मन्त्रालयले आजदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध गराउन नसक्ने जनाएको हो ।

पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने मन्त्रालयका प्रवत्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो ।

ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर त्यस्तो निर्णय लिनुपरेको जानकारी दिनुभयो । यो निर्णयमाथि तीन दिनपछि पुनर्विचार हुने बताइएको छ ।

सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर÷बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइनेछ ।

आजदेखि विद्यालयले पेट्रोलियम पदार्थ नपाउने भएपछि देशभरका विद्यालय र विश्वविद्यालयका पठनपाठन प्रभावित हुने भएको छ ।

नीजि सवारीले पेट्रोलियम पदार्थ नपाउने भन्ने थाहा नभएका कारण पेट्रोल पाउने आसमा रातभर लाईनमा बसेका पुतलिसडकका हरि रोक्का आज आफ्नो सवारी घर कसरी पुर्याउने भनेर सोचिरहेका भेटिए । उनले भने हिजो नै गृह मन्त्रालयले निर्णय गरेको रहेछ , थाहा पाईन आज त छिट्टै तेल पाउने भए भनेर खुसि भएको ,निजीले पाउदैन भनेर पो फकाईदियो ।

उनले दुख पाएका छन् पेट्रोल नपाएर तर भारतका अघि नेताहरुलाई नझुक्न सुझाव दिन्छन् । उनी भन्छन् अब यसको विकल्पमा सोच्नुपर्यो ।

यता मैतिदेवीकी देवीका श्रेष्ठले भने तेल नपाएको झोकमा स्कुटर घरमा राखेर हिड्दै सातदोवाटो अफि जादै गर्दा बाटैबाट फर्किएको सुनाईन र एकछिन हासिन् । उनी एकदम खुसि देखिन्थीन् । हामीले सोध्यौ किन फर्कनु भयो त ? उनले भनिन् पेट्रोनलका लागी लाईन बस्नु भन्दा त मैले ब्याट्रिबाट चल्ने स्कुटि पो किनेर ल्याए हेर्नुस् त औलाले देखाईन ।

उनी भन्दै थिईन अब जनता स्वयम जागरुप हुन पर्यो र भारतको ज्यादतीको दरीलो जवाफ फर्काउन पर्यो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ