काठमाडौँ, १३ असोज । नेकपा (माले) को पोलिटब्युरो बैठकले मधेस आन्दोलनका नाममा भइरहेका गतिविधि राष्ट्रविरोधी भएको र जनताको पक्षमा नरहेको निष्कर्ष निकालेको छ ।
पार्टीका महासचिव सिपी मैनालीको अध्यक्षतामा केन्द्रीय कार्यालय रातोपुलमा मङ्गलबारदेखि सुरु भई आज सम्पन्न बैठकले भारतले अघोषितरुपमा लागू गरेको नाकाबन्दीको विषयलाई अन्तर्राष्ट्रियकरण गर्दै प्रभावकारी कूटनीतिक माध्यमबाट समस्याको समाधान गर्न माग गरेको छ ।
सरकारले बिखण्डनकारी गतिविधि कडाइका साथ नियन्त्रण गर्न बैठकले माग गरेको छ । तेस्रो मुलुकसँग व्यापारिक नाका खोल्नका लागि सरकारलाई आग्रह गरेको पार्टीका नेता कुमार बेल्बासेले जानकारी दिनुभयो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline