प्रधानमन्त्रीको मोतियाबिन्दुको अपरेशन

प्रधानमन्त्रीको मोतियाबिन्दुको अपरेशन

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाण्डौ, १३ असोज ।

प्रधानमन्त्री सुशील कोइरालाको दाँया आँखाको मोतियाबिन्दुको अपरेशन गरिएको छ ।

बनेपास्थित रेयुकाई एइको मासुनागा आखा अस्पतालमा बरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सुगननारायण जोशी नेतृत्वको टोलीले ’फेको प्रविधी’बाट उपचार गरिएको हो । उहाँ डा.शसांक कोइराला र सहयोगी अतुलकासाथ अस्पताल पुग्नुभएको थियो ।

डा. जोशीका अनुसार, फेको प्रविधी विशेष उपकरणले ३० देखि ६० किलोहर्जका अल्टासोनिक तरंगको मद्धतबाट कोईरालाको मोतियाबिन्दुको उपचार गरिएको हो ।

मोतियाबिन्दुयुक्त लेन्सलाई टुक्रापारी ३ मिलिमिटर वा सानो घाउबाट निकालिन्छ । आँखामा पट्टी र टाका लगाउनुपर्दैन । चोटपटक समेत नहुने हुँदा १५ देखि २० मिनेटमा अप्रेशन गर्न सकिन्छ । यसबाट केही दिनमा नै पूर्ण दृष्टि प्राप्ती हुन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी