दाङ, १३ असोज ।
विप्लव नेतृत्वको नेकपा माओवादी दाङले भारतीय नाकावन्दी र हस्तक्षेप विरुद्ध आज तुलसीपुरमा वृहत सभा गरेको छ । माओवादी कार्यकर्ताहरुले भारतीय हस्तक्षेप वन्द गर, सम्पुर्ण राष्ट्रवादीहरु एक होऔ, एकिकृत जनक्रान्ति जिन्दावाद जस्ता नारा लगाउदै वजारका विभिन्न भागको परिक्रमा गरेका थिए ।
जिल्लावाट सहभागी माओवादी कार्यकर्ताको ¥याली विपी चोकमा पुगेर सभामा परिणत भएको थियो ।
सभालाई सम्वोधन गर्दै नेकपा माओवादीका पोलिटव्युरो सदस्य सन्तोष वुढा मगरले भारतीय हस्तक्षेप कदापी सहेर नवस्ने भन्दै राष्ट्रप्रेमी जनता एक हुनुपर्ने वेला आएको वताउनु भयो ।
भारतले अहिले मात्र नभएर वर्षौदेखी नेपालको स्वाभीमानमा आँच पु¥याउ र नेपालीलाई दुख दिने काम गर्दै आएकाले अव त्यस विरुद्ध राष्ट्रप्रमीहरुसंग धु्रवीकरण सुरु भईसकेको वताउनु भयो ।
यस्तै, सभालाई सम्वोधन गर्दै सो पार्टीका केन्द्रिय सदस्य मोहलाल चन्द आधारले नेपालका दोहोरो भुमिका खेल्ने राजनीतिक पार्टीका कारण नेपालको स्वाभीमानमा खलल पगिरहेको वताउनु भयो ।
जिल्ला सक्रेटरी सितलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण जिल्ला सचिवालय सदस्य सविन पोख्रेलले गर्नु भएको थियो ।