सहसचिव सुवेदीले उमेर घटाएको सर्वोच्चको ठहर

सहसचिव सुवेदीले उमेर घटाएको सर्वोच्चको ठहर

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १३ असोज । कीर्ते गरेर उमेर बढाएको विवादमा परेका वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीले शुक्रबारदेखि अवकाश लिनुहुने भएको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलासले आज दिएको आदेशमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी र पाटन संयुक्त क्याम्पसको पत्रबाट सहसचिव सुवेदीको जन्ममिति २०१४ साल असोज १५ गते उल्लेख भएको तर २०१७ साल असोज १५ गते जन्ममिति पुष्टि गर्ने आधार छुटै देखाउन नसकेको उल्लेख गरिएको छ ।

निजामती सेवाको ऐनअनुसार ५८ वर्षमा अनिवार्य अवकाश पाउने उमेर हदका कारण शुक्रबार जागिरबाट अवकाश लिनुपर्ने छ ।
सहसचिव सुवेदीले मोरङबाट २०३२ सालमा लिएको नागरिकतामा उहाँको जन्ममिति २०१४ साल असोज १५ उल्लेख छ तर उहाँको कानुन किताब खानामा सच्याएर जन्ममिति २०१७ साल असोज १५ बनाएको बुझिएको थियो । सच्याएको जन्ममितिअनुसार उहाँको अझै तीन वर्षको पदावधि भएको जिकिर गरिएको थियो ।

सामान्य प्रशासन मन्त्रालयले गरेको छानबिनमा उहाँ दोषी देखिएपछि साविक उमेर हदअनुसार नै सुवेदीलाई सरकारले असोज १५ देखि लागू हुनेगरी अवकाशपत्र दिएको थियो । सरकारको सो निर्णयविरुद्ध सहसचिव सुवेदीले यही असोज ६ गते रिट निवेदन दिनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी