आन्दोलनकारीले एम्बुलेन्स फुटाए

आन्दोलनकारीले एम्बुलेन्स फुटाए

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पथरी , १३ असोज । आन्दोलनरत मधेसवादी दलका कार्यकर्ताले आज एक एम्बुलेन्स तोडफोड गर्नुका साथै चालकमाथि आक्रमण गरी घाइते बनाएका छन् ।

मोरङको सोराभाग गाविस–३ कर्सिया बजारस्थित रङ्गेली विराटनगर सडकखण्डमा रङ्गेली बचत तथा ऋण सहकारी संस्थाको नाममा रहेको को १ च ७३७९ नम्बरको एम्बुलेन्स करिब २० जनाको समूहमा आएका आन्दोलनकारीले तोडफोड गर्दै चालक सन्तोष चौधरीलाई कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले जानकारी दिनुभयो ।

घाइते चालकको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको छ । चालक चौधरीले आक्रमणमा संलग्नमध्ये विजय मण्डल र सन्तोष राजवंशीलाई आफूले चिनेको जानकारी दिनुभएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी