भक्तपुर, असोज १३ गते ।
नेपाली कांग्रेसका युवा नेता गगन थापाले संविधान निमार्णमा भारतले प्रत्यक्ष प्रभाव जमाउन नसकेपछि लगाएको अघोषित नाकाबन्दीले नेपाल भारत सम्बन्धमा चिसोपन देखिएको बताउनु भएको छ ।
रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले मधेशमा भएको आन्दोलनलाई अघि सारेर सुरक्षाको अवस्था देखाउँदै जसरी अघोषित नाकाबन्दी गरेको छ त्यसले नेपाल भारतको सम्बन्धलाई दिर्घकालिन असर पारेको बताउनु भएको हो ।
थापाले संविधान निमार्णको समयमा भारतले आफ्नो दुत पठाएर हस्तक्षेप गर्नेदेखि पछि देशको सार्वभौमिकताको रक्षाका लागि ९० प्रतिशतको सहमतीले संविधान जारी गरिएको र आफ्नो प्रभाव देख्न नसके पछि मधेश आन्दोलनको बहानामा भारत नाकाबन्दीसम्मको गतिविधिमा उत्रनु अन्तराष्ट्रिय मापदण्ड बिपरित भएको बताउनु भयो ।
उहाँले भन्नु भयो नेपाल जस्तो भुपरिबेष्ठित देशमा जसरी सुरक्षाको अवस्था भन्दै नाकाबन्दी गरेको छ यो गलत छ । घोषित अघोषित कुनै पनि नाकाबन्दी गर्न नपाउने भन्दै विभिन्न अन्तराष्ट्रिय कानुनको अभावका कारण नेपाल अन्तराष्ट्रिय अदालतमा जान नसक्ने बताउनु भयो ।
थापाले विगतका दिनमा नेपालका नेताहरुले भारतका नेताहरुसँग कोठे सम्बन्ध गाँस्दै आफ्नो लाभको लागि उपयोग गर्ने गरेता पनि त्यस्ता सम्बन्धले कुनै काम गर्न नसकेको स्पष्ट भईसकेकाले अवका दिनमा राष्ट्रिय हितलाई ध्यान दिएर स्वार्थ केन्द्रित सम्बन्ध त्याग्न राजनीतिक दलका नेताहरु अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो ।
थापाले उत्तरतर्फको नाका खोल्ने विषयमा सरकारले पहल गरिरहेको र केहि दिनमै उत्तरतर्फको नाका खुल्ने बताउँदै उहाँले भन्नु भयो नेपाल आत्म निर्भर बन्न नसके दक्षिण मात्र नभए उत्तर तर्फले समेत कुनै पनि बेला नाकाबन्दी गरे पाँच दिन पनि नेपाली बाँच्न नसक्ने अवस्था देखिएकाले दुबै छिमेकीसँग सुमधुर सम्बन्ध गाँस्दै आत्मनिर्भर तर्फ अग्रसर बन्नु पर्नेमा जोड दिनु भयो । न्यायको खोजीमा अ