प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समुहको दीक्षान्त समारोह सम्पन्न 

प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समुहको दीक्षान्त समारोह सम्पन्न 

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौं, १३ असोज
उप–प्रधानमन्त्री तथा गृहमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा बुधबार प्रहरी निरीक्षक आधारभूत तालिम १५८ औं समुहको दीक्षान्त समारोह सम्पन्न भयो ।
गृहमन्त्री गौतमले राज्यको प्रतिनिधित्व गर्ने प्रमुख निकाय भएकोले जनताप्रती उतरदायी प्रहरी निर्माण गर्नुपर्ने बताउदै कुशल नेतृत्व क्षमतायुक्त प्रहरी आजको आवश्यकता भएको उल्लेख गर्नुुभयो ।

  नयाँ संविधान निर्माण भई मुलुक संघीय संरचनामा प्रवेश गरेको अवस्थामा सुरक्षा निकायमा थप भएको चुनौतिको सामना गर्नु राज्यको दायित्व भएको जनाउदै संविधान घोषणा हुनु पहिले र पछि उठेका जायज मागलाई दुरुपयोग गरी भइरहेको गैरकानुनी कार्यलाई नियन्त्रण गर्न प्रहरी सक्षम रहेको बताउनुभयो । उक्त अवसरमा उहाँले उत्कृष्ट प्रशिक्षार्थी तथा प्रशिक्षकहरुलाई पुरस्कार वितरण समेत गर्नुभयो ।

समारोहमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक उपेन्द्र कान्त अर्यालले दीक्षित प्रशिक्षार्थीहरुको प्रशिक्षण सकिए पनि परिक्षण शुरु भएको बताउदै जनताको गुनासा पोख्ने प्रथम संयन्त्र प्रहरी भएकोले नयाँ सम्भावना र चुनौतिको सामना गर्नका लागि तयार हुन प्रशिक्षार्थीहरुलाई निर्देशन दिनुभयो ।

मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको र नयाँ संविधानमा नेपाल प्रहरी केन्द्रीय संगठनको रुपमा रहेकोले व्यावसायिक र स्वच्छ प्रतिस्पर्धाका साथ अगाडि बढ्नु पर्ने बताउनुभयो । उहाँले प्रहरीहरु नयाँ शैलीका साथ बौद्धिक र रचानात्मक हुनुपर्ने बताउदै गतिशिल समाजमा चुनौतिहरु पनि परिवर्तन भइरहेकाले सक्षमताकासाथ कर्तव्य पालनामा तयार रहनुपर्ने बताउनुभयो ।

प्रहरी महानिरीक्षक अर्यालले अबको समय भनेको गरेर देखाउने समय भएकोले भनेर हैन गरेर आफ्नो पहिचान बनाउनु पर्ने बताउनुभयो ।
समारोहमा त्रिभुवन विश्व विद्यालयका सहायक डिन प्रा.डा. धुव्र पोखरेलले विगत १० वर्ष देखि त्रिभुवन विश्व विद्यालयको सम्बन्धनमा संचालन भइरहेको पोष्ट ग्रयाजुयट डिप्लोमा इन पुलिस साइन्सेस कार्यक्रमको मूल्याँकन गर्नु पर्ने बताउनुभयो ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अक्तिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारीले समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै तालिममा ज्ञान, विज्ञान, ध्यान, कानून र व्यवहारिक शिक्षा जस्ता बिषय बस्तु समाबेश गरी नौलो प्रयोगको थालनी गरिएकोले जिम्मेवारी बोध सहितको कर्तव्य पालनाका साथै प्रशिक्षार्थीहरुबाट फरक तर सही भूमिकाको अपेक्षा गरिएको बताउनु भयो ।

तालिम संयोजक प्रहरी उपरीक्षक विष्णुकुमार के.सी. तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
गत २०७१ बैशाख ३ गतेबाट संचालन भएको उक्त तालिममा १३६ जना प्रहरी निरीक्षक सहभागी रहेकोमा ४ जना प्रशिक्षार्थीहरु विभिन्न कारणले पछि तालिममा समाबेश हुने गरी फिर्ता भएका थिए ।

प्रशिक्षार्थी प्रहरी निरीक्षकहरु कमल बेलबासे सर्वप्रथम, रञ्जन अवा द्धितिय, विकास बम तृतिय भएका थिए भने अध्ययन प्रथम कमलराज पण्डित, कवाज प्रथम हरिहर सुनुवार, शारिरीक व्यायामतर्फ नविन श्रेष्ठ, प्रहरी युक्ति तथा कारवाही प्रथम जनार्दन घिमिरे र चाँदमारी प्रथम लक्ष्मण ओली भएका थिए ।

समारोहमा गृह सचिव, प्रहरी अक्तिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरु, नेपाली सेनाका उच्च अधिकृतहरु, सशस्त्र प्रहरी बलका वरिष्ठ अधिकृतहरु, संचारकर्मीहरु, प्रशिक्षार्थीका अभिभाबकहरुको उपस्थिती रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ