सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीले मात्र तेल पाउने

सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीले मात्र तेल पाउने

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

काठमाण्डौ,१३ असोज ।

भारतले नेपालमा अघोषित नाकाबन्दी गरेपछि पेट्रोलियम पदार्थको हाहाकार भएको छ । नेपाल आयल निगमले भण्डारण गरेको पेट्रोलियम पदार्थ सकिन थालेपछि सरकारले भोलीबाट निजी सवारीलाई पेट्रोलियम पदार्थ नदिने भएको छ ।

कोटा प्रणालीबाट तेल दिने निर्णयमा पुनर्बिचार गर्न आज गृह मन्त्रालयमा बसेको सरोकारवाला निकायको संयुक्त बैठकले अत्यावश्यक समान ढुवानी गर्ने बाहेक ट्रक र ट्रिपरलाई पनि तेल नदिने निर्णय गरेको हो ।

सार्वजनिक गाडी र अत्यावश्यक सेवाका सवारीलाई मात्र तेल दिने निर्णय गरीएको गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जानकारी दिनुभयो । भारतले अघोषित नाकाबन्दी लगाएपछि तेलमा कोटा प्रणाली लगाएको सरकारले अब निजी सवारीलाई तेल बिक्री रोक्ने निर्णय गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी