राष्ट्रिय लिग फुटबलमा झापा शीर्ष स्थानमा

राष्ट्रिय लिग फुटबलमा झापा शीर्ष स्थानमा

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौँ, १३ असोज ।

अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा भइरहेको राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा मोफसलको टोली झापा फुटबल क्लब रहेको छ । होम एन्ड अवेका आधारमा सञ्चालित उक्त प्रतियोगितामा झापा फुटबल क्लबले २४ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा रहेको हो ।

झापाले जारी प्रतियोगितामा १३ खेल खेलिसकेको छ । त्यस्तै ११ खेल पूरा गरेको थ्रीस्टार क्लब भने लिगको दोस्रो स्थानमा छ । थ्रीस्टार २२ अङ्कका साथ लिगको दोस्रो स्थानमा रहेको हो ।
त्यसैगरी यसपटकको लिगमा निकै राम्रो खेल प्रदर्शन गरिरहेको त्रिभुवन आर्मी क्लब २० अङ्कका साथ लिगको तेस्रो स्थानमा छ । आर्मीले पनि समान ११ खेल पूरा खेलिसकेको छ ।

समान ११ खेल नै खेलिसकेको मनाङ मस्र्याङ्दी क्लब भने १९ अङ्कका साथ लिगको चौथो स्थानमा छ । सबैभन्दा कम १० खेल मात्र खेलेको सशस्त्र प्रहरी बल (एपिएफ) १७ अङ्कका साथ लिगको पाँचौँ स्थानमा छ भने सबैभन्दा बढी १४ खेल पूरा खेलिसकेको सुदूरपश्चिमाञ्चल फुटबल क्लब समान १७ अङ्कका साथ गोलअन्तरका आधारमा छैटौँ स्थानमा छ ।

यसपटकको लिगमा खराब प्रदर्शन गरिरहेको नेपाल प्रहरी क्लब भने १२ अङ्कका साथ सातौँ, मोफसल टोली लुम्बिनी फुटबल क्लब आठ अङ्क जोड्दै आठौँ स्थानमा छ भने मोरङ फुटबल क्लब ६ अङ्कका साथ लिगको पुछारमा स्थानमा छ । प्रहरीले १२ खेल खेलिसकेको छ भने लुम्बिनी र मोरङले समान १३ खेल खेलिसकेका छन् ।

राजधानी तथा बाहिरका जिल्लामा सञ्चालन भइरहेको उक्त प्रतियोगितामा भोलि बिहीबार एक खेल मात्रै सञ्चालन हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लब आमनेसामने हुनेछ । थ्रीस्टार क्लबले जितको खण्डमा लिगको शीर्ष स्थानमा उक्लनेछ भने आर्मी विजयी भएमा लिगको दोस्रो स्थानमा उक्लने छ । यदि खेल बराबरीमा रोकिए दुवै टोली यथास्थानमा रहनेछन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी