चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह

चीनसँगको नाका शीघ्र सञ्चालन गर्न आग्रह

  • बुधबार, अशोज १३, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

काठमाडौँ, १३ असोज ।

सरकारले भूकम्पपछि अवरुद्ध भएको चीनसँगको व्यापारिक नाका शीघ्र सञ्चालनका लागि सहयोग गर्न चीनसँग आग्रह गरेको छ ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नईन्द्र प्रसाद उपाध्यायले नेपालका लागि चिनियाँ राजदूत वु चुन्ताईलाई आज आज वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बोलाएर भूकम्पपछि प्रभावित भएको व्यापारलाई सहज बनाउन पहल गर्न आग्रह गर्नुभएको हो ।

उक्त भेटमा सचिव उपाध्ययले सीमा क्षेत्रका नाकाहरुलाई चाडो सञ्चालनमा ल्याइ व्यापारलाई सहज बनाउन अनुरोध गरिएको जानकारी दिनुभयो । सचिव उपाध्ययले नेपालीका महान पर्ब दशै तिहार नजिकिँदै गर्दा मानवीय सामग्रीको अभाव भएको र त्यसलाई सहज बनाउन चिनियाँ पक्षलाई पहल गरिदिन अनुरोध गरिएको जानकारी दिनुभयो ।

जवाफमा राजदूत चुन्ताईले चाडो चीनसँगको नाका सञ्चालन गर्न आफूहरु प्रयासरत रहेको भन्दै केही दिनमै व्यापार सहज हुने विश्वास दिलाउनुभएको उहाँले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी